ad ad

समाज


बालकृष्ण खाँणका निजीसचिव नरेन्द्र केसी सुन तस्करीमा संलग्न रहेको म्यासेज भेटियो

म्यासेजमा भनिएको छ : विमानस्थलबाट सुन भित्र्याउन आईजीपीलाई भनेको छु
बालकृष्ण खाँणका निजीसचिव नरेन्द्र केसी सुन तस्करीमा संलग्न रहेको म्यासेज भेटियो

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार १७:५७, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी सुन तस्करीमा समेत संलग्न रहेको भेटिएको छ।

उनले गृह मन्त्रालयमा हुँदा सुन तस्करीमा समेत सेटिङ मिलाउने गरेको खुल्ने म्यासेज फेला परेको हो।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीले केशव दुलाललाई तस्करीको सुन भित्र्याउन आईजीपीलाई भनेर सेटिङ मिलाएको खुलेको छ। 

गृह मन्त्रालयमा हुँदा उनले तस्करीको सुन भित्र्याउन तत्कालीन आईजीपी धिरजप्रताप सिंहलाई भनेको म्यासेजमा उल्लेख छ।

गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीले पूर्व गृहसचिव टेकनारायण पाण्डेसँग पनि कुराकानी गरेको र सेटिङका लागि म्यासेज गरेको खुल्ने प्रमाण फेला परेको छ। 

सचिव पाण्डे र निजी सचिव केसीबिचमा नक्कली शरणार्थीसँगै सुन तस्करीका विषयमा सेटिङ मिलाएको समेत म्यासेज भेटिएको हो। 

उनीहरुबीच भाइवर र वाट्सएपमा कुरा भएको छ। केसीले सचिवको अर्को नम्बर टिएन पाण्डे २ नाममा सेभ गरेका छन्।

वाट्सएपमा कुराकानी गरिएको छ, ‘सर रिफयुजी कार्ड होल्डरको मात्र लागत लिएको छ अरे, न्यु इन्ट्री र ननइन्ट्रीको लागत लिएको छैन रे। सबैको गर्ने होइन र हजुर। सर बिक्रान्त बस्नेत नाम गरेको मान्छेले हजुरको नाम लिएर भुटानी रिफ्युजिको ७०÷८० जनाको कार्ड र ट्राभल डकुमेन्ट बनाउँछु भनेर हिडिरहेको छ रे हजुर।’

केशव दुलालले सोधेका छन्, ‘सर एयरपोर्टमा गोल्डको लाइन दिन सकिन्छ बिग प्रोग्रामको लागि हजुर?’

जवाफमा केसीले आईजीपीसँग भनेको उल्लेख छ। यस्तै वाट्यएपमा आर्थिक लेनदेनका समेत म्यासेज फेला परेका छन्। 

नरेन्द्र केसी, केशव दुलाल र सचिव पाण्डे शरणार्थी प्रकरणमा हिरासतमा छन्। उनीहरुविरुद्ध राज्यविरुद्धको कसुरसहित ५ वटा कसुरमा अभियोग दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .