ad ad

समाज


टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायत वकिलले बहस गर्ने

टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायत वकिलले बहस गर्ने

फाइल तस्बिर : टोपबहादुर रायमाझी


नेपालखबर
जेठ २१, २०८० आइतबार १२:२९, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीका पक्षबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतका वकिलले बहस गर्ने भएका छन्। 

उक्त प्रकरणमा पक्राउ परेका टोपबहादुरसहित १८ अभियुक्तका विषयमा काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुँदै छ।

थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुँदै छ। 

आज, भोलि र पर्सि सरकारी वकिलले बहस गर्नेछन् भने त्यसपछि बुधबारदेखि मंगलबारसम्म अर्थात् ६ दिन प्रतिवादीतर्फका वकिललाई बहसका लागि समय उपलब्ध गराइएको छ।  

जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्ने र त्यही दिन आदेश जारी गर्नेगरी तालिका निर्धारण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .