ad ad

समाज


तराईमा चलिरहेको छ तातो हावा, बच्नुहोला : मौसम महाशाखा

तराईमा चलिरहेको छ तातो हावा, बच्नुहोला : मौसम महाशाखा

मौसम पूर्वानुमान महाशाखा


नेपालखबर
जेठ २१, २०८० आइतबार १९:४०, काठमाडौँ

तराईमा अहिले तातो हावा/लु चलिरहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। 

यसैगरी देशभर तापक्रम खासै घट्ने सम्भावना नदेखिएकाले गर्मीबाट बच्न पनि मौसमविद्ले आग्रह गरेका छन्। 

मौसम पूर्वानुमान महाशाखाले आज साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

त्यसमा भनिएको छ– देशका तराईका केही भूभागमा तातो हावा/लू  (Heat Wave) चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। तातो दिन तथा लुसम्बन्धी जारी गरिएको बुलेटिन हेर्न यहाँ क्लिक गर्नुहोला। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका ‍एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .