ad ad

समाज


सरकारी वकिलले सके थुनछेक बहस, बुधबारदेखि प्रतिवादीले प्रतिरक्षा थाल्ने

सरकारी वकिलले सके थुनछेक बहस, बुधबारदेखि प्रतिवादीले प्रतिरक्षा थाल्ने

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार १६:५३, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलहरुको बहस सकिएको छ।

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेकको बहसका क्रममा जिल्ला सरकारी वकिलको कार्यालयका वकिल र जाहेरवाला तर्फका अन्य वकिलले बहस सकेका छन्। 

आइतबार सरकारी वकिल महेश खत्रीले बहस गरेका थिए। सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई र प्रकाश घिमिरेले बहस गरेका थिए।

मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल घोलालको बहस सकिएको हो। 

उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका  छन्। 

मंगलबार जाहेरवालाको तर्फबाट चिया ब्रेकअघि सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरे।

सरकारी वकिल र जाहेरवालाका वकिलको बहस सकिसँगै बुधबारदेखि प्रतिवादीका वकिलहरुको बहस सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .