तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैद फैसला गरेको छ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले शुक्लागण्डकी नगरपालिका-४ बस्ने कृष्ण प्रजापतिलाई दुई वर्ष कैदको फैसला गरेको हो।
साथै उनलाई एक लाख जरिवाना गर्ने फैसलासमेत भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।
सोही मुद्दामा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका-४ बस्ने धतुरे भन्ने आशिष श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने प्रेम भन्ने सुरज थापा, वडा ४ बस्ने टाटे भन्ने प्रकाश परियार, वडा-३ बस्ने हरि माककाले भन्ने मार्क श्रेष्ठ र रुपन्देही सम्मरीमाई गाउँपालिका-७ बस्ने अजयकुमार यादवलाई जनही दुई हजार जरीवाना गर्ने फैसला भएको छ।
साथै शुक्लागण्डकी नगरपालिका-३ बस्ने मेन्टल भाइ भन्ने विकास मगरले भने अदालतबाट सफाइ पाएका छन्।
उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले गत वैशाख ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
प्रतिक्रिया