ad ad

समाज


बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नेपालखबर
माघ १, २०७६ बुधबार ६:२३,

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ।

डिभिजन वन कार्यालय मरिणले रु १० लाख र घ्याङलेख गाउँपालिकाले रु ५० हजार गरी कूल रु १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिए।

गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत सो रकम प्रदान गरिएको हो।

जंगली बँदेलको आक्रमणबाट २०७६ भदौ १४ गते स्थानीयवासी ३७ वर्षीय कृष्णबहादुर घिसिङको मृत्यु भएको थियो। आफ्नै बारीमा बाली खान आएका धपाउने क्रममा बँदेलको आक्रमणबाट घिसिङको ज्यान गएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .