ad ad

समाज


धनुषाको जनकनन्दनी गाउँपालिकाबाट पेस्तोलसहित दुई जना पक्राउ

धनुषाको जनकनन्दनी गाउँपालिकाबाट पेस्तोलसहित दुई जना पक्राउ

नेपालखबर
माघ १, २०७६ बुधबार ६:५६,

धनुषाको जनकनन्दनी गाउँपालिकाबाट प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

 मंगलबार जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सोही ठाउँ बस्ने २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतोलाई प्रहरीले पक्राउ गरेको हो।

हतियारसहित दुई युवाहरु हिँडिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले महतोको घरभन्दा करिब ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .