ad ad

समाज


विशेष ट्राफिक उज्यालो अभियानः एक महिनामा साढे ५४ हजारलाई कारबाही, ४२ हजारलाई प्रशिक्षण

विशेष ट्राफिक उज्यालो अभियानः एक महिनामा साढे ५४ हजारलाई कारबाही, ४२ हजारलाई प्रशिक्षण

नेपालखबर
माघ २, २०७६ बिहिबार ५:४३,

‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत ट्राफिक प्रहरीले तीन महिने सचेतना अभियान अन्तर्गत पहिलो महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ।

सडक प्रयोगकर्ता, पैदल यात्री, चालकरसहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न गत पुस १ गतेबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘विशेष ट्राफिक उज्यालो अभियानमा’ सुरु गरेको थियो। सो अभियान अन्तर्गत पुस महिनामा ४१ हजार ७ सय ३५ जनालाई सचेतना प्रदान गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

 अभियनाको पहिलो महिनामै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ५ हजार ६४६, ट्याक्सी चालक १ हजार ६४४, मोटरसाइकल चालक ९ हजार ७५, सरकारी चालक ५७, पैदलयात्री २१ हजार ३७६, संघसंस्थाका चालक ७ सय १७ र विद्यार्थी ३ हजार २२० गरी ४१ हजार ७३५ जनालाई सचेतना प्रदान गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। ‘यस अभियान दैनिक रूपमा महाशाखा र मातहतका ४० कार्यालयहरूबाट ट्राफिक नियम र सडक अनुशासनबारे पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी सचेतना दिएको छ’, उनले भने, ‘सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कुलरकलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ ।’

विशेष मोवाइल चेकिङ तथा कारबाही अभियानअन्तर्गत सडक तथा फुटपाथमा जथाभावी पार्किङ गर्ने ५ हजार ८१७, जथाभाबी हर्न बजाउने १ हजार ५६१, मापसे। सेवन गरी सवारी चलाउने २ हजार ७८४, लेन अनुशासन पालना नगर्ने ३ हजार ४१, जथाभावी यात्रु चढाउने र ओराल्ने २ हजार ४२, बढी भाडा लिने ८ सय २९ लगायत अन्य ट्राफिक नियम उल्लघंन गर्ने ५४ हजार ५ सय ११ सवारी चालकहरू कारबाही गरेको महाशाखाले जनाएको छ।

त्यस्तै पैदलयात्री सुरक्षा अभियानमा भने जथाभावी बाटो काट्ने १ हजार ६१० जना पैदलयात्रीलाई तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिइएको महाशाखाले जनाएको छ।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्‍याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उद्देश्यले यो अभियान शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
पुस १ गतेबाट सुरु भएको यो अभियान फागुन मसान्तसम्म सञ्चालन हुने र सो क्रममा एक लाख नागरिकलाई सचेतना दिने उद्देश्य महाशाखाले राखेको छ।

त्यस्तै महाशाखाले भाडाका सार्वजनिक सवारीको वेथिति सुधारका लागि ५ सय ९० सवारीलाई समेत अनुगमन गरिएको र अनुगमनका क्रममा सवारी साधन र सवारी चालकरसहचालकमा देखिएका कमिकमजोरीहरूलाई सुधार गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .