काठमाडौँ उपत्यका प्रहरी कार्यालयले तीज मनाइरहँदा आफ्नो स्वास्थ्य र सुरक्षामा पनि विशेष ध्यान दिन नागरिकलाई आग्रह गरेको छ।
प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी सुरक्षित तवरले तीज पर्व मनाउन अनुरोध गरेको हो।
तीजका क्रममा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० नम्बरमा प्रहरीलाई फोन गर्न सूचनामा भनिएको छ।
यस्तै व्रत बस्ने क्रममा आफ्नो स्वास्थ्यको ख्याल राख्न, नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोन लिएर सकेसम्म भीडभाडमा नजान पनि प्रहरीले सल्लाह दिएको छ।
यसैगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई पनि भीडभाडमा नजान प्रहरीले अनुरोध गरेको छ भने सकेसम्म आआफ्नै समूहमा मात्र नाचगान गर्न तथा आफ्नो परिचय खुल्ने कागजात हरदम साथमा राख्न सुझाव दिइएको छ।
हेर्नुहोस् प्रहरीको सूचना-
60
Shares
प्रतिक्रिया