समाज


जन्मजात बोल्न नसक्ने गैरीगाउँ हत्याकाण्डका आरोपितले पढेका छन् १२ कक्षा

जन्मजात बोल्न नसक्ने गैरीगाउँ हत्याकाण्डका आरोपितले पढेका छन् १२ कक्षा

गैरीगाउँ हत्याकाण्ड आरोपमा पक्राउ परेका सञ्जय भण्डारी (मास्क लगाएको)।


नेपालखबर
असोज १, २०८०, साेमबार , काठमाडौँ

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका ३ सदस्यसहित ४ जनाको हत्या आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थायी घर भएका २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरिसकेको छ। 

गत शुक्रबार राति गैरीगाउँस्थित दिव्य स:मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनका पत्नी ५० वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया शुभद्रा भुजेल तथा मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नवीन भनिने विशाल राईको हत्या भएको थियो।

हत्या आरोपित भण्डारीलाई प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। उनी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले सांकेतिक भाषाविज्ञको सहयोगमा उनीसँग बयान लिएको थियो। 

त्यस क्रममा उनले लेखेर आफ्नो अपराध स्वीकार गरेका थिए। प्रहरीका अनुसार उनले लेखेका थिए- ‘आई किल्ड फोर पिपुल’ (अर्थात् मैले नै ४ जना मारेको हुँ)। 

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भए पनि भण्डारीले कक्षा १२ सम्म पढेका छन्। सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म पढेर उनले थप अध्ययन काठमाडौं आएर गरेको खुल्न आएको छ। उनले सांकेतिक भाषामा अध्ययन गरेका हुन्। 

भिडिओमा आरोपित भण्डारी-

असोज १, २०८०, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .