ad ad

समाज


हेटौंडामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालखबर
असोज २२, २०८० सोमबार १२:१७, हेटौँडा

मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेलको आज बिहान मृत्यु भएको छ।

पौडेलको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१७ सानो गंगटेमा आइतबार साँझ हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पौडेले गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उद्दार गरी हेटौंडा अस्पतालमा ल्याएकोमा उपचार सम्भव नभएपछि आइतबार राति नै भरतपुर रिफर गरिएको थियो। 

उनलाई ठक्कर दिने मोटरसाइकल र चालक बकैया गाउँपालिका–१२ घलेगाँउ बस्ने ३१ वर्षीय बलराम घलेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .