समाज


एनआरएनए विवाद : आरके समूहमाथि केसी पक्षद्वारा हातपात

एनआरएनए विवाद : आरके समूहमाथि केसी पक्षद्वारा हातपात

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १५:१५, काठमाडौँ

गैर आवासीय नेपाली संघको सचिवालयमा समानान्तर समिति बनाएका आरके शर्मा पक्षमाथि हातपात भएको छ।

संघका अध्यक्ष डा. बन्द्री केसी र एमाले नेता महेश बस्नेतको कार्यक्रममा आरके समूहको प्रवेशपछि हातपात भएको बताइएको छ।

निर्वाचन हारेपछि समानान्तर कमिटी बनाएर आरके शर्माको समूहले नियमित सचिवालय जाने गरेको छ। बन्द्री केसीको कर्याक्रममा समानान्तर कमिटीका आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहितका प्रवेश गर्दा विवाद भएको हो।

‘डा. बन्द्री केसी र महेश बस्नेतको उपस्थितीमा युवा संघको कार्यक्रम रहेछ,’ समानान्तर कमिटीका महासचिव बुद्धि सुवेदीले भने,‘सचिवालयको गतिविधी नियाल्न जाँदा हलमा कार्यक्रम रहेछ। आन्तरिक कार्यक्रम भनि प्रवेश गर्न दिइएन्। बेल्जियमका पत्रकार ओम शर्मामाथि युवा संघका कार्यकर्ताले हातपात गरे।’

उनले आफू र आरके शर्मालाई धकेला धकेल गरेपनि कुटपिट भने नगरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .