त्यस घटनामा कोबीकी १३ वर्षीया छोरी जियाना ब्रायन्टको पनि निधन भएको थियो।
दुर्घटनाको पाँच दिनपछि कोबीकी श्रीमती भेनेसा लेइन ब्रायन्टले पहिलोपटक प्रतिक्रिया जनाउँदै भनिन्,‘गम्भीर शोकमा पर्यौं।’
इन्स्टाग्राममा पुरा परिवारको फोटो पोस्ट गर्दै भेनेसाले भनेकी छिन्,‘म आफूलाई परेको दुख व्याख्या गर्नै सक्दिन।’
View this post on Instagram
A post shared by Vanessa Bryant ? (@vanessabryant) on
भेनेसा भन्छिन्,‘कोबी र जियाना बिना म यो जीवन कल्पना पनि गर्न सक्दिन। उनीहरु जीवनभर साथ भइदिए हुन्थ्यो जस्तो लाग्छ।’
ब्रायन्टले लस एन्जलस लेकर्सबाट पाँचपटक एनबीए च्याम्पियनसिप जितेका थिए। उनले दुईपटक ओलम्पिकमा गोल्ड मेडल पनि हात पारेका थिए।
भेनेसाले शोकका बेला आफूहरुलाई साथ दिएकोमा सबैलाई धन्यवाद भनेकी छिन्।
कोबी र भेनेसाका चार छोरी थिए। जसमध्ये एक जियानको कोबीसँगै निधन भएको छ।
प्रतिक्रिया