समाज


चीनले भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने

चीनले भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १९:७, काठमाडौँ

जाजरकोटमा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ।

चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले बताएका छन्।

उनका अनुसार उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको हो।

चीनले दिन लागेको राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटसहित छन्। भूकम्पपीडितलाई दिन लागिएको राहत सामग्री केही दिनमा नेपाल आइपुग्ने उनले बताए। राजदूत सङले आपतमा परेका नेपालीका लागि थप राहत घोषणा हुने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .