समाज


प्रधानमन्त्रीले भने : गरिब र दुर्गमका भूकम्पपीडितलाई राहतमा पहिलो प्राथमकिता

प्रधानमन्त्रीले भने : गरिब र दुर्गमका भूकम्पपीडितलाई राहतमा पहिलो प्राथमकिता

रास्वपा टोलीसँग प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १६:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएका सबैलाई राहत पुर्‍याउन सरकार प्रयासरत रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपभासपति डोलप्रसाद अर्यालको नेतृत्वमा सोमबार सिंहदरबार पुगेको टोलीसँग प्रधानमन्त्रीले यस्तो भनेका हुन्। 

त्यस क्रममा रास्वपा टोलीले विभिन्न ६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ। 

‘सुझाव र सहयोगको लागि रास्वपालाई धन्यवाद! मैले तपाईंहरुले उठाएका सुझाव करिबकरिब क्याबिनेट र विपद् प्राधिकरणबाट निर्णय गराएको छु’, उनले भने, ‘सबैभन्दा टाढा र सबैभन्दा गरिवलाई पहिलो प्राथमिकता भन्ने मेरो निर्देशन र तपाईंहरुको भावना मिल्यो।’

उक्त भेटका क्रममा रास्वपा टोलीले जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई राहत वितरणमा कोही नछुट्ने गरी एकद्वार प्रणाली अपनाउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन्।

रास्वपा टोलीले राहतमा सडक पहुँच नभएका र दुर्गमकालाई राहत वितरणमा पहिलो प्राथमिकता दिन पनि प्रधानमन्त्रीसँग माग गरेको छ। 

जाडोयाम सुरु भएकाले भूकम्पपीडितलाई खुला आकाशमुनि र त्रिपालबाट चाँडोभन्दा चाँडो न्यानो पूर्वाधारमा सार्न पनि रास्वपाले सरकारसँग माग गरेको छ।

रास्वपाका सुझाव
१. उद्धार र उपचारका लागि सरकारलाई धन्यवाद!
२. एकद्वार प्रणाली-भन्दै गर्दा राहतमा कोही नछुटुन भन्ने सुझाव।
३. सडक पहुँच नभएकालाई प्राथमिकतामा राखौँ, हामी पार्टीको सबै जनशक्ति परिचालन गर्न तयार छौँ।
४. प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन होस्।
५. चिसोको बेला पुनर्स्थापनामा ध्यान दिइयोस्।
६. पुनर्निर्माणका लागि ढिलो नगरियोस्।आवश्यक कानुन सुधार शीघ्र गरियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .