समाज


भूकम्प प्रभावित जाजरकोटका मेयरको आक्रोश : त्रिपाल देऊ, हेलिकोप्टर आतंक बन्द गर

भूकम्प प्रभावित जाजरकोटका मेयरको आक्रोश : त्रिपाल देऊ, हेलिकोप्टर आतंक बन्द गर

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १८:१३, काठमाडौँ

पछिल्लो केही दिनयता जाजरकोटमा भीआईपीहरूको लर्को लागेको छ। मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मै भूकम्पपीडितलाई मल्हम लगाउने भन्दै काठमाडौंबाट धाइरहेका छन्।

उता कर्णाली प्रदेशका मन्त्रीहरूसमेत हेलिकप्टर चढेर जाजरकोटमा ओर्लिने क्रम जारी छ।

यस्तोमा भेरी नगरपालिकाका प्रमुख सीपी घर्ती मगरले अनुगमनका लागि भन्दै भूकम्पपीडितको घरदैलोमा पुगेका शीर्ष नेताप्रति आक्रोश पोखेका छन्। 

नगर प्रमुख घर्तीले मंगलबार सामाजिक सञ्जालमा अनुगमनको बहानामा आएका शीर्ष नेताहरूले  संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिचेको गुनासो पनि गरेका छन्। 

‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर। संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज’, उनले लेखेका छन्। 

गत शुक्रबार राति ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएपछि जाजरकोटमा हेलिकोप्टरमार्फत् प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री र विभिन्न दलका शीर्ष नेता अनुगमनका लागि पुगिसकेका छन्।

मंगलबार नै मेयर घर्तीले जाजरकोटमा त्रिपाल आवश्यक रहेको भन्दै उपलब्ध गराइदिन अपिल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .