बुधबार राति पनि जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार राति ७ बजेर ५० मिनेट जाँदा ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर परकम्प गइरहेका छन्।
शुक्रबार गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको थियो भने तीन सय भन्दा धेरै घाइते भएका थिए।
2.3k
Shares
प्रतिक्रिया