समाज


प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवाससहित १० जना पक्राउ

प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवाससहित १० जना पक्राउ

तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर ११, २०८० सोमबार १५:५७, काठमाडौँ

आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवास पक्राउ परेका छन्। मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन पुगेका श्रीनिवासलाई प्रहरीले गौशालाबाट पक्राउ गरेको हो। 

‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’नाम दिइएको प्रसाईं नेतृत्वको सो अभियानले सोमबार गौशालामा प्रदर्शन गरेको थियो। 

प्रदर्शनको क्रममा केहीबेर प्रहरी र प्रसाईं समर्थकबीच झडप समेत भएको थियो। सो क्रममा प्रहरीले श्रीनिवाससहित अन्य १० जना पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले नेपालखबरलाई जानकारी दिए।

उनले त्यहाँ आयोजित कोणसभालाई समेत सम्बोधन गरेका थिए।

यसअघि उनी  धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए। 

सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .