समाज


अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालय पुग्यो सिफारिस

अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालय पुग्यो सिफारिस

नेपालखबर
मंसिर १७, २०८० आइतबार २२:२, काठमाडौँ

नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवाका गर्न लागि बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको छ। 

सैनिक मुख्यालयको बढुवा सिफारिस समितिले सिग्देललाई बढुवा गर्न सिफारिस गरेको पत्र आइतबार रक्षा मन्त्रालयमा पुगेको रक्षा मन्त्रालयका एक अधिकारीले बताए। 

‘आइतबार सेनाबाट सिफारिस आएको छ। अब सोही अनुसार रक्षा मन्त्रालयबाट क्याबिनेटमा फायल पुग्छ र त्यहाँबाट निर्णय भएपछि बढुवा हुन्छ’, रक्षाका अधिकारीले नेपालखबरसँग भने। 

अघिल्लो शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै ७ दिने सूचना निकालेको थियो। सात दिने सूचना पूरा भएपछि सिग्देललाई रथीमा बढुवा गर्ने प्रक्रिया अगाडी बढेको हो।

यसअघि सोही पदमा सिफारिस भएका ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि सिग्देललाई बढुवा गर्ने प्रक्रिया सुरु भएको हो। 

सिग्देलको बढुवा प्रक्रिया जंगिअड्डाबाट अगाडी बढेसँगै १० महिनापछि उनी प्रधानसेनापतिसमेत बन्ने सम्भावना बलियो भएको छ। 

नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि रथी पद रिक्त छ। तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणा अवकास भएपछि त्यसमा पदपूर्ति हुन सकेको छैन। यस्तै मंसिर १८ गतेबाट हालका एकमात्र रथी सिताराम खड्का पनि बिदा बस्नेछन्। 

आगामी पुस ३ गतेबाट खड्का उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएकाले त्यसको १५ दिन पहिले नै बिदामा बस्ने चलन छ। 

नेपाली सेनामा दुई जना रथी हुन्छन्। खड्का बिदामा बसेसँगै अर्को पदमा पनि बढुवाको प्रक्रिया अगाडी बढ्ने छ। हालका प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुनेछन्। 

त्यसपछिको नेतृत्वमा अब सिग्देल पुग्ने करिब निश्चित हुनेछ। 

सेनामा वरिष्ठ रथीले नै नेतृत्व पाउने गरेका छन्। तर अर्का रथी भन्दा सिग्देल केही दिन मात्रै वरिष्ठ हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .