समाज


आयुषको जोडीलाई अछाममा स्वागत, एलिजेहले खेलिन् डेउडा (तस्बिर)

आयुषको जोडीलाई अछाममा स्वागत, एलिजेहले खेलिन् डेउडा (तस्बिर)

नेपालखबर
पुस ३, २०८० मंगलबार १३:३५, काठमाडौँ

टिकटक स्टार आयुष सिंह ठकुरी र एलिजेह जमाली (एलिजे) को जोडी अछाम पुगेको छ।

आयुषको गृहजिल्लासमेत रहेको अछाममा उनीहरूलाई भव्य स्वागत गरिएको छ।

आयुष अछामको साँफेबगर नगरपालिका–४, खालसैनस्थित मामाघरमा हुर्किएका हुन्।

सोमबार अछाम पुगेको यस जोडीलाई साँफेबगर नगरपालिकामा बाजागाजासहित स्वागत गरिएको हो।

उनीहरुको स्वागतमा आज नगरपालिकाले विशेष कार्यक्रमसमेत गरेको छ।

आयुषको गृहनगर पुग्दा एलिजेहले एकदमै खुसी व्यक्त गरेकी छन्। उनले उत्साहित भएर स्थानीयसँगै डेउडा पनि खेलेकी छन्।

करिब एक साता सुदूरपश्चिममा बिताउने गरी पुगेका उनीहरू खप्तड, छेडे दह र रामारोशनलगायतका पर्यटकीय गन्तव्य पनि पुग्ने कार्यक्रम छ।

यस क्रममा उनीहरूले बयलपाटा अस्पताल, वैद्यनाथ लगायतका क्षेत्रमा सामाजिक सेवाका काम पनि गर्ने उनका पारिवारिक सदस्यले नेपालखबरलाई जानकारी दिएका छन्।

यसअघि आयुष–एलिजेह जोडीले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज लगेर आफैँ वितरण गरेको थियो।

हिन्दु परिवारका आयुष र पाकिस्तानी मुस्लिम परिवारकी एलिजेहबीच केही समयअघि मात्र संयुक्त अरब इमिरेट्सको दुबईमा टीकाटालो (इन्गेजमेन्ट) भएको थियो।

उनीहरूबीच टिकटकबाटै परिचय भएर विवाह गर्नेसम्मको निधो भएको हो।

हेर्नुहोस् केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .