समाज


तीन प्रदेशमा मौसम बदली, तराईमा हुस्सु र कुहिरो

तीन प्रदेशमा मौसम बदली, तराईमा हुस्सु र कुहिरो

नेपालखबर
पुस ५, २०८० बिहिबार ६:४३, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

बाँकी प्रदेशको मौसम भने यतिबेला सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।  

यही अवस्था भोलि (शुक्रबार)सम्म पनि कायम रहने मौसम पूर्वानुमान माहाशाखाको अनुमान छ। 

शनिबार भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ। तर, अबको तीन दिनसम्म कतै वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन। 

महाशाखाका अनुसार देशभरिको तापक्रम घट्ने क्रममा छ। 

सबैतिर तापक्रम घटेर चिसो बढ्ने भएकाले त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .