राहदानी विभागका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको अख्तियारको ठहर छ।
राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा करारमा कार्यरत भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि राहादानी बनाएवापत सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस/रिसवत लिएको अख्तियारको ठहर छ।
यस्तै, सुमी धामी भन्ने सुमित्रा सापकोटाले घुस लिने/दिने कार्यमा प्रदिप भट्टराईसँग मिलेमतो गरी घुस वापतको रकम भट्टराईको खातामा जम्मा गरेको समेत पाइएकोले उनीविरुद्धसमेत मुद्दा दायर गरिएको छ।
अख्तियारले ३४ हजार रुपैयाँ बिगो कायम गरी बिगो असुली र सोही बमोजिम जरिवाना माग गरेको छ।
Shares
प्रतिक्रिया