समाज


मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

नेपालखबर
माघ १६, २०८० मंगलबार १९:३७, काठमाडौँ

मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई मंगलबार काठमाडौँबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ५ घर भइ हाल काठमाडौंको भीमढुङ्गा बस्ने २४ वर्षीय सुरेश विश्‍वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका ६ घर भइ काठमाडौंको बालुवाटार बस्दै आएका ३० वर्षीय जितेन्द्र तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

बागमती प्रदेश ०२-०४१ प ०० ८६ नम्बरको मोटरसाइकल काठमाडौंको टोखाबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्‍त भएको थियो।

वास्तविक नम्बर परिवर्तन गरि प्रदेश २–०३–००८ प ४२ ४८ नम्बर राखि चलाइरहेको अवस्थामा सुरेश विश्‍वकर्मालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले फेला पारी काठमाडौं महानगरपालिका १६ पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको हो।

अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्र तामाङ मार्फत विश्‍वकर्माले खरिद गरेको खुल्न आए पछि तामाङलाई समेत काठमाडौंको थापाथलीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा आएका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .