समाज


सडक बालबालिकासम्बन्धी परियोजनाबारे एनआरएनद्वारा मन्त्री आचार्यलाई ‘ब्रिफिङ’

सडक बालबालिकासम्बन्धी परियोजनाबारे एनआरएनद्वारा मन्त्री आचार्यलाई ‘ब्रिफिङ’

नेपालखबर
माघ १७, २०८० बुधबार २०:२९, लन्डन

गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसँग भेटघाट गरेको छ।

भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको सकृयतमा नेपालमा सञ्चालित सडक बालबालिकासम्बन्धी परियोजनाको बारेमा जानकारी गराएका थिए। डा. केसीले संघ नेपाल सरकार र प्रादेशिक सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए।

मन्त्री आचार्यले महिला तथा बालबालिकाहरूको हक र हितको लागि मन्त्रालय गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले हालसम्म संघको तर्फबाट भएका कामहरूको प्रशंसा गर्दै सडक बालबालिकाहरूको परियोजनालाई प्रादेशिक रुपमा पनि संचालन गर्न आग्रह गरे।

यसअघि संघले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गत वर्षदेखि संचालित नेपालका सडक बालबालिकाको सहायता परियोजनलाई निरन्तरता र थप तिब्रता दिँदै हाल रहेको ५० जनाको सहयोगलाई सन् २०२५ सम्म १०० जनालाई पुर्याउने घोषणा गरेको थियो।  

संघले सन् २०५० सम्ममा नेपालका सडक बालबालिकरहीत बनाउने अभियान सञ्चालन गर्ने भएको छ।  

बुधवार मन्त्रालयमा भएको भेटघाटमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, महिला उपाध्यक्ष रोजिना प्रधान, सचिव टिका गुरुङ लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .