समाज


देउवाका छोरा जयवीरको विवाह आज, फूलमाला, खादा र उपहार लान नपाइने

देउवाका छोरा जयवीरको विवाह आज, फूलमाला, खादा र उपहार लान नपाइने

फाइल तस्बिर : जयवीरको इन्गेजमेन्टका बेला


नेपालखबर
माघ २१, २०८० आइतबार १३:४५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाको बिहे आज हुँदै छ। जयवीरको विवाह गायिका शिवाना श्रेष्ठसँग हुने भएको हो। 

विवाहको विधि देउवा निवास बूढानीलकण्ठमै गरिए पनि विवाह पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने छ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसम्मलाई निम्ता गरिएको छ।

यसैबीच विवाह समारोहमा आउँदा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई देउवा परिवारले आग्रह गरेको छ। विवाहको निमन्त्रणा कार्डमा उक्त अनुरोध गरिएको हो। 

निमन्त्रणा कार्डअनुसार विवाह भोज भने फागुन २ गते आर्मी अफिसर्स क्लबमा हुनेछ। जसमा निम्तालुलाई साँझ साढे ६ बजेदेखि राति साढे ८ बजेसम्म उपस्थित हुन अनुरोध गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .