समाज


कपिलवस्तु बस दुर्घटना : मृतक १० मध्ये ३ जनाको सनाखत (नामावली)

कपिलवस्तु बस दुर्घटना : मृतक १० मध्ये ३ जनाको सनाखत (नामावली)

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बिहीबार बिहान भएको दुर्घटनाग्रस्त बस। तस्बिर: माधव बेल्वासे/रासस


नेपालखबर
फागुन ३, २०८० बिहिबार ९:०, चन्द्रौटा (कपिलवस्तु)

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशमध्ये तीनजनाको पहिचान खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका  अनुसार सनाखत भएका मृतकमा रौतहटको औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन्। 

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस गएराति सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। 

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका छन्। मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .