समाज


गठबन्धनप्रति प्रश्न उठ्यो, कांग्रेस नेतृत्वको सरकार बनाउन विलम्ब नगरौँ : शर्मा

गठबन्धनप्रति प्रश्न उठ्यो, कांग्रेस नेतृत्वको सरकार बनाउन विलम्ब नगरौँ : शर्मा

नेपालखबर
फागुन ५, २०८० शनिबार १७:१२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताएका छन्।

पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रस्ताव शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्। 

वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको पनि बताए।

‘भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली कांग्रेस कानमा तेल हालेर बस्न मिल्दैन। कांग्रेस आफ्नो नीतिमा प्रष्ट हुन जरुरी छ। कांग्रेसले आफू नीतिमा प्रष्ट हुनुपर्छ। र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखि बनाउनु पर्छ। नसके कांग्रेसका लागि आउने दिनहरू कठिन छन्,’ उनले भने।

भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उनको भनाइ थियो। 

सांसद शर्माले लोकप्रियतावादी र अतिवादीहरू कांग्रेसका मुख्य चुनौती रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्न नहुने पनि बताए। 

‘लोकप्रियतावादीहरु र अतिवादीहरु अहिले नेपाली कांग्रेसका मुख्य चुनौती हुुन् । कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्नुहुँदैन। अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइराखेका छन्,’ सांसद शर्माले भने, ‘मैले नेपाली कांग्रेसका रुपान्तरण र कांग्रेसको नेतृत्वमा जनमुखि र जनताप्रति उत्तरदायी निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माणका लागि महासमिति बैठकका लागि प्रस्ताव ल्याएको छु।’

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा कांग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .