समाज


न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्ने प्रयास जारी छ : प्रधानन्यायाधीश श्रेष्ठ

न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्ने प्रयास जारी छ : प्रधानन्यायाधीश श्रेष्ठ

फाइल फोटो


नेपालखबर
फागुन १४, २०८० सोमबार १८:५८, हेटाैँडा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संविधानले प्रदान गरेको भूमिका र जिम्मेवारी तथा आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्ने प्रयास जारी रहेको बताएका छन्।

सोमबार मकवानपुर जिल्ला अदालको नवनिर्मित भवनको उद्घाटन गर्दै अदालतप्रतिको विश्वास र भरोसालाई कायम गर्नुपर्ने उनले बताएका हुन्।

न्यायपालिकाको श्रीबृद्धि तथा समग्र न्यायपालिका प्रणालीको आस्था र विश्वास अभिवृद्धि गर्दै न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक रहेको प्रधानन्यायाधीश श्रेष्ठले बताए।

उनले भने, ‘संविधान र नागरिकको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष र गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादन नै हो। यसको लागि सबैको भूमिका उत्तिकै जरुरी छ।’

नयाँ मुद्दाका तुलनामा सर्वोच्च अदालतमा पुराना मुद्दाहरू धेरै फर्छ्यौट भएको समेत उनले बताए।

यस्तै, न्यायसम्पादनलाई प्रविधिमैत्री बनाउँदै लगेको न्यायालयले भौगोलिक विकटताका कारणले भौतिक रुपमा उपस्थित हुने खर्च र समयको बचत गर्न अनलाइन बहस  पद्धतीको विकास गरिएको उनले बताए।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘जुम्ला इजलाश, धनकुटा इजलाश, महेन्द्रनगर इजलाश र हेटौंडा इजलाश गरी चार स्थानमा भिडिओ कन्फ्रेसिङ मार्फत बहस पैरवी गर्ने व्यवस्थापन गरिएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .