हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) राति देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाश बादलले ढाक्ने) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
1.2k
Shares
प्रतिक्रिया