पश्चिमी वायुको प्रभावले नेपालमा वर्षा हुन थालेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली (पानी पार्ने मौसम प्रणाली) बिस्तारै पूर्व सर्ने क्रममा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
साथै दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
Shares
प्रतिक्रिया