हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली (मौसमको एक प्रणाली) को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण आज (सोमबार) राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा भू(भागमा आंशिक बदली हुनेछ। आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाक्नु हो।
राति उल्लिखित स्थानबाहेक देशका बाँकी ठाउँमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार ‘मुख्यतया सफा’ भनेको सम्बन्धित क्षेत्रको आकाश २५ प्रतिशत मात्र बादल लाग्नु र बाँकी सफा रहनु हो।
मौसम महाशाखाका अनुसार आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने छ।
महाशाखाले आज राति कतै पानी पर्ने सम्भावना भने देखाएको छैन।
Shares
प्रतिक्रिया