समाज


धादिङ बस दुर्घटना अपडेट : एक महिलासहित चारको  मृत्यु, ३० जनाभन्दा धेरै घाइते

धादिङ बस दुर्घटना अपडेट : एक महिलासहित चारको  मृत्यु, ३० जनाभन्दा धेरै घाइते

घटनास्थल/तस्बिर : रासस


नेपालखबर
फागुन २३, २०८० बुधबार ७:३५, काठमाडौँ

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ।

दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ। 

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।

केसीका अनुसार दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्।  

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले  उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन्। 

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .