समाज


आज फागुन २४ को राशिफलमा तपाईँको भाग्य, भाग्यशाली अङ्क र रङ्ग यस्तो छ

आज फागुन २४ को राशिफलमा तपाईँको भाग्य, भाग्यशाली अङ्क र रङ्ग यस्तो छ

पण्डित नारायणप्रसाद दुलाल
फागुन २४, २०८० बिहिबार ४:२४, काठमाडौँ

आज बिहीबार, २४ फागुन २०८० (७ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ। प्रणय सम्बन्ध प्रगाढ  हुने समय छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक कामबाट राम्रो फाइदा हुनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ८० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। कालो रङ्गको प्रयोग नगर्ने।

वृष : पुनर्मिलनको योग छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट नबोल्नु होला। 

मिथुन : मनमा दुबिधा उत्पन्न होला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनुहोला। प्रतिस्पर्धीले तपाईँको खुट्टा तान्ने प्रयास गर्न सक्छन्। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो प्रेमले सताउनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ४०, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। भरिसक्के लामो यात्रा नगर्नु होला।

कर्कट : धार्मिक कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यसँग भेटघाट हुनेछ। कार्यमा रुचि बढ्नेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग देखिन्छ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६९, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

सिंह : दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग शुभ छैन।

कन्या : सफल यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक  आस्था बढेर जानेछ। साँझमा पैसा खर्च हुने तथा चोटपटकको भय छ सचेत रहनुहोला।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ८२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग फलदायी छैन।

तुला : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ।

भाग्यशाली रङ्ग गुलाबी वा निलो रहेको छ भने भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४६, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग नगर्नु होला।

वृश्चिक : कार्य सम्पादनमा सहजता मिल्नेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला। 

धनु : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। शुभकार्यको चर्चा चल्नेछ। इस्टमित्रसँग मेलमिलाप हुनेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग नगर्दा बेस।

मकर : एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। राजनीतिक चिन्तन बढ्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।

कुम्भ : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो र भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३६, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपट नगर्नु होला। यसले हानि मात्र गर्नेछ।

मीन : पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। दाम्पत्य सुखमा रमाउने समय छ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .