समाज


कपनबाट हराएकी १९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा भेटियो

कपनबाट हराएकी १९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा भेटियो

नेपालखबर
चैत २, २०८० शुक्रबार ९:२३, काठमाडौँ

काठमाडौँको पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ। 

पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका- १ घर भई हाल कपनमा बस्दै आएकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।

गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले उक्त शव १९ वर्षीया सुस्मिता थापाको भएको जानकारी दिए।

‘उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो,’ डीएसपी थेवेले नेपालखबरसँग भने, ‘आफन्त (दाजु)आएर शवको सनाखत गरिसकेका छन्। शव पोष्टमार्टमको लागि भर्खरै टिचिङ अस्पताल लगिएको छ।’ 

शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थेवेले बताए। 

‘प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिन्छ। हामी थप अनुसन्धानकै क्रममा छौँ,’ थेवेले भने।

उनी दुई दिनअघिदेखि घरबाट हराएकी थिइन्। उनले दाजुलाई भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको पाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .