समाज


पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पक्राउ

नेपालखबर
चैत २, २०८० शुक्रबार १८:५०, काठमाडौँ

प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलाई पक्राउ गरेको छ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। 

गत साउन २ गते बरामद भएको साढे ६१ किलो तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो।

सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।

सरकारले उक्त आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत गरेलगत्तै दीपेश समातिएका हुन्।

यस्तै, जिबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका छन्। दिपेश उक्त सहकारीका पूर्व कोषाध्यक्ष हुन्।

उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि पुनविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो।

पुन र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य प्रहरीले पत्ता लगाएको थियो।

सुन प्रकरण बाहिरिएसँगै पूर्व उपराष्ट्रपति पुनको परिवार नै जोडिएको विवरण खुलेको थियो। 

सुन तस्करीबारे जाँचबुझ आयोगले दीपेशसँग गत माघ अन्तिम साता बयान लिएको थियो। 

६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर उनीसँग बयान लिएको थियो। 

दावा यसअघि नै पुर्पक्षका लागि थुनामा छन्। पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको थियो। आयोगले सुन तस्करीमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .