९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको बिजुली शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यस आयोजना पाचँथर र ताप्लेजुुङको सिमाना भई बग्ने इङवा खोलामा बनाइएको हो।
यो आयोजनाको बिजुली १६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसनलाइनबाट कम्पनीको पावरहाउस आँपडाडाबाटट हिलिहाङ गाँउपालिका १ स्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जडान गरिएको छ।
२०७८ साउन २३ गतेदेखि आयोजना निमार्ण थालिएको थियो। यो आयोजना १ अर्ब ९४ करोड लागतमा बनेको हो।
जसमध्ये संस्थापक तथा सर्वसाधारणको सेयरबाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नबिल बैंकको लगानीमा बनेको हो।
यो आयोजनाको याँङवारक गाँउपालिका वडा नं २ मा बाँधस्थल र वडा नं ३ मा पावरहाउस छ।
यो कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी छ। गुरुप्रसाद न्यौपानेको अगुवाईमा प्रवर्द्धन गरिएको न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाको संख्या यससँगै १६ पुगेको छ।
Shares
प्रतिक्रिया