समाज


मनहरी खोलाको बगरमा भेटियो नवजात शिशुको शव

मनहरी खोलाको बगरमा भेटियो नवजात शिशुको शव

नेपालखबर
चैत १३, २०८० मंगलबार १५:३२, हेटौंडा

मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ।  

मनहरी –७ रमौली बाङ्गेटोलस्थित मनहरी खोलाको बगरमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थिए।

शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .