समाज


नेपालखबरकर्मी न्यौपाने सम्मानित

नेपालखबरकर्मी न्यौपाने सम्मानित

प्रधानमन्त्री प्रचण्डबाट सम्मान पत्र ग्रहण गर्दै न्यौपाने


नेपालखबर
चैत १८, २०८० आइतबार १२:१, काठमाडौँ

नेपालखबरकर्मी सागर न्यौपाने सम्मानित भएका छन्।

उनी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित भएका हुन्। शनिबार रिपोर्टस् क्लबको २६औँ वार्षिक उत्सव कार्यक्रममा न्यौपानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान पत्र प्रदान गरे।

रिपोर्टस् क्लबले प्रत्येक वर्ष पत्रकारिकता क्षेत्रमा लागेर विभिन्न विधामा उत्कृष्ट काम गरेका पत्रकारलाई सम्मान गर्ने गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री दाहाललगायत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थिति थियो।

नेपालखबरकर्मी न्यौपाने प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका अध्यक्ष समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .