समाज


मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८० आइतबार १६:३६, काठमाडौँ

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको अभियोगमा हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

२ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्षसहित पण्डित, कुशल दाहाल र स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालाई पनि प्रतिवादी बनाएर अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, होस्पिटेक इन्टरप्राइजेज प्रालि काठमाडौंका बजार व्यवस्थापक मनोजकुमार आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।

सबै जनालाई पण्डितलाई जति नै भष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुरमा मागदाबी लिइएको आयोगले जनाएको छ। 

कोसी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई दिइएको थियो।

उपकरण खरिद गर्दा मूल्यांकन समितिबाट गलत लिखत तयार गर्न लगाएर त्यही प्रतिवेदनका आधारमा बोलपत्र मूल्यांकन समितिले सार्वजनिक खरिद नियमावलीविरुद्ध गएर सामान खरिदका लागि भण्डारीको कम्पनीलाई स्वीकृति दिएको आयोगले जनाएको छ।

पण्डित सिंहदरबार दक्षिण ढोकाअगाडिको चर्चित बसेरा होटलका मालिक पनि हुन्। उनी कोभिड महामारीको समयमा पनि स्वास्थ्य सामग्री खरिदका क्रममा विवादमा मुछिएका थिए। 

पण्डित स्वास्थ्य मन्त्रालय, कोसी प्रादेशिक अस्पताल र मधेस प्रदेशमा भएको स्वास्थ्य सामग्री खरिदका क्रममा भएको अनियमिततामा पनि जोडिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .