समाज


मधेसमा एसईईमा चिट चोराएको दोष सीडीओ र एसपीले लिनुपर्छ : मनीष झा

मधेसमा एसईईमा चिट चोराएको दोष सीडीओ र एसपीले लिनुपर्छ : मनीष झा

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १३:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका सीडीओ, एसपी र निरीक्षकहरूले लिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको  बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लामा एसईईका क्रममा चिट चोराएर आममधेसलाई दोष दिइएको गुनासो गरे

सरकारले खटाएका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले चिट चोर्न छुट दिएको भन्दै त्यसमा मधेसको कुनै दोष नभएको उनले बताए।

सांसद झाले परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ गराउन आग्रह गर्दै मधेसलाई दोष नदिन भने। 

‘कुनै बेला मधेस पहाडलाई पढाउन उक्लिने गर्थ्यो। तर, अहिले मधेस आफैँ एसईई हुँदै गर्दा चिट चोर्नेको चपेटामा पर्दै छ। यसको दोष मधेसले किन खेप्दै छ? काठमाडौँमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ, बनिहाल्छ। कोही एसईई पास हुन नसके मधेस झरौँ, पास भइहालिन्छ भन्ने बनेको छ', उनले भने,  'तर, त्यसको इमेजको कष्ट मधेसले तिरिराखेको छ। त्यो हामीले किन तिर्ने? किनकि यहीँबाट खटाइएको सीडीओ, एसपी, निरीक्षक सबै अधिकारीले छुट दिएका छन्। त्यसको मूल्य मधेसले तिरिहेको छ। यसको दोषी हामी मधेसी होइनौँ, केन्द्रबाट खटाइने सीडीओ, एसपी र अरू अधिकारी हुन्। त्यसैले सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिइयोस्। आवश्यक विधि, पद्धति र कडाइ गरेर परीक्षा गरियोस्। ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .