समाज


निलम्बित न्यायाधीश गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

निलम्बित न्यायाधीश गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १७:४, काठमाडौँ

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो।

यससँगै सर्वोच्चले उच्च अदालत पाटनको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो।

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। 

काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने छुट दिएको थियो।

उच्च अदालतको त्यो आदेश बदर गरी सर्वोच्चले थुनामै पठाउन भनेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। 

उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै 'विष' खाएकी थिइन्।

गिरीले न्यायाधीशसमेत रहेका पतिविरुद्ध काठमाडौंको सामाखुसीस्थित डेरामा बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

जिल्ला अदालत काठमाडौंमा गत वैशाख १७ गते बलात्कार कसुरमा मुद्दा दर्ता भएको थियो। कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा त्यसअघि नै दर्ता भएको थियो।

त्यसबेला काठमाडौं र कपिलवस्तु दुवै अदालतले गिरीलाई धरौटीमा छाडन् आदेश दिएका थिए। 

वैवाहिक बलात्कार अभियोगमा पक्राउ गरेका गिरीलाई ०८० वैशाख १७ गते कपिलपस्तु जिल्ला अदालतका न्यायाधीश नरनारायण पौडेलको इजलासले २ लाख ७५ हजार धरौटीमा छाडेको थियो।

यता वैशाख १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालले पनि उनलाई ५० हजार धरौटीमा छाडिदिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .