समाज


प्रहरीमा थपियो दरबन्दी, नवीन्द र देउती डीआईजी बन्दै

प्रहरीमा थपियो दरबन्दी, नवीन्द र देउती डीआईजी बन्दै

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८० आइतबार १८:३६, काठमाडौँ

नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी थपिएको छ।

बिहीबार भएका सरकारका निर्णयको आइतबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्राविधिकतर्फ दुईजना डीआईजीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको उनले बताइन्। 

प्रहरी प्रधान कार्यालयले यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा साइबर अपराध हेर्ने गरि एकजना डीआईजी थप्न प्रस्ताव गरेको थियो।

त्यसैगरी नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको स्याहार गर्ने केनाइन महाशाखामा पनि डीआईजी राख्नुपर्ने प्रस्ताव गरेको थियो।

अहिले साइबर ब्युरो प्रमुखमा एसएसपी नबीन्द अर्याल छन्। उता केनाइनमा एसएसपी देवती गुरुङ छिन्। उनीहरूको कार्यअवधि सकिन करिब एक वर्षछ। 

साइबर ब्युरो र केनाइनमा कार्यरत उनीहरूकै लागि यो दरबन्दी सिर्जना गरिएको हो। तर उनीहरू अवकाशमा गएसँगै उक्त दरबन्दी एसएसपी नै कायम हुने गरी पद सिर्जना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .