समाज


आईजीपी कुँवरको निर्देशन : संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर काम गर्नू

आईजीपी कुँवरको निर्देशन : संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर काम गर्नू

तस्बिर : नेपाल प्रहरी


नेपालखबर
चैत २७, २०८० मंगलबार १८:९, काठमाडौँ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

प्रहरी अस्पताल महाराजगन्जको ४०औँ वार्षिकोत्सवलाई सम्बोधनका क्रममा कुँवरले व्यक्तिगत स्वार्थबाट माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन आग्रह गरेका हुन्। 

उनले आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा कमजोर हुने क्रियाकलापमा नलागी समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न भनेका हुन्। 

उनले अस्पतालका सम्पूर्ण चिकित्सक तथा प्रहरी कर्मचारीलाई सेवा लिन आउने बिरामीप्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहनेतर्फ सजग गराए।

त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे।

उनले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको उद्घाटन पनि गरे। कुँवरले अस्पतालको अवलोकन तथा बिरामीसँग भेटघाट पनि गरेका छन्। 

अस्पतालको गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण पनि कार्यक्रममा गरिएको छ।

त्यस अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघका अध्यक्ष लक्ष्मी कुँवरले ह्‍विल चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .