समाज


दुर्घटनामा ज्यान गुमाएका एकको नैनितालमै अन्त्येष्टि, अरु शव ल्याइँदै

दुर्घटनामा ज्यान गुमाएका एकको नैनितालमै अन्त्येष्टि, अरु शव ल्याइँदै

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १६:१०, कञ्चनपुर

भारतको उत्तराखण्डस्थित नैनितालको उचाकोटमा जिप दुर्घटनामा मृत्यु भएका नेपालीको शव घर ल्याइँदैछ।

मृतकका आफन्त र परिवारका सदस्यले शव बुझेर अन्तिम संस्कारका लागि शव घर ल्याउन लागेका हुन्।

मृतक विश्रामका छोरा प्रमोद थारुका अनुसार बुधबार शव बुझेर अन्तिम संस्कारका लागि ल्याइँदैछ।

‘शव बुझेर गाडीमा राखिसक्यौँ। आजै राति घर पुग्छौँ। केही मृतकका आफन्त पुगेका छैनन्,’ उनले भने, ‘उहाँहरुको आफन्तको शव पनि संगै ल्याउँदैछौँ।’

सोमबार राति उचाकोटमा जिप दुर्घटना हुँदा नयाँ वर्षका लागि घर फर्किरहेका ७ नेपालीसहित ८ जनाको मृत्यु भएको थियो। 

बाँकेको बैजनाथ गाउँपालिका–८ फतेहपुरका धिरज चौधरी (रामधिराज), उदयराम चौधरी, शक्तिनगरका अन्तराम चौधरी (आटाराम) र विश्राम चौधरी, थपुवाका विनोद चौधरी, तिलकराम चौधरी र बर्दियाको बाँसगढी नगरपालिका–१ बबईका टोपबहादुर बस्नेत (गोपाल)ले दुर्घटनामा ज्यान गुमाए।

तीमध्ये बाँकेका मृतकहरुको शव अन्तिम संस्कारका लागि ल्याइँदैछ। बर्दियाका बस्नेतको नैनितालमै अन्तिम संस्कार गरिएको भान्जा सुरज चौलागाइले बताए। मृतक बस्नेतका दाइ प्रेमबहादुर र बुहारी लक्ष्मी नैनिताल गएका थिए।

दुर्घटनामा जिप चालक नैनितालकै राजेन्द्र कुमारको पनि मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .