ad ad

समाज


ललितपुरमा भूकम्पले भत्काएका सबै सम्पदा पुनर्निर्माण भयो: मेयर महर्जन

ललितपुरमा भूकम्पले भत्काएका सबै सम्पदा पुनर्निर्माण भयो: मेयर महर्जन

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ५:५४, काठमाडौँ

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी, पौवा पुनः निर्माण गरिएको जानकारी दिएका छन्।

विश्व सम्पदा दिवसको अवसरमा उनले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताए।

यसको संरक्षणका लागि महानगर सधैं सक्रिय रहेको र वर्षौंदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उनले दाबी गरे। विश्व सम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको पनि उनले बताए।

विश्व सम्पदा दिवसकै सन्दर्भमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो। उक्त रंगीन धागो महानगर प्रमुख चिरीबाबु महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गरेका थिए।

मेयर महर्जनले उद्घाटन गरेपछि उपस्थित अरू सबैले शरीरमा धागो बेर्दै पाटन दरबार परिसरका सम्पदा घेरेका थिए।

‘हाम्रा सम्पदा धागो जस्तै एकबद्ध हुनुपर्छ भन्ने सन्देश दिन खाजेको हुँ,’ मनिषले भने, ‘अबको पुस्तालाई एकता र बहुसांस्कृतिक भाव जगाउन आवश्यक छ।’ 

मनिषले यसलाई ‘प्रोजेक्ट १३३६ु नाम दिएका छन्। सन् २०१७ मै तयार पारिएको’ प्रोजेक्ट १३३६ु पुनः प्रदर्शन गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .