समाज


सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको निधन

सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको निधन

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार २१:५६, काठमाडौँ

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

उनको बिहीबार प्यूठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताललाई उधृत गर्दै प्युठान प्रहरीले जानकारी दिएको छ।

अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई केही समय पहिले मात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर लगिएको थियो।

उपचारपछि स्वस्थ्यमा सुधार देखिएको थियो। पछिल्लो समय सामान्य भएपनि पुनः बिरामी परेपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

उनकी श्रीमतीको पनि केही समय पहिले मृत्यु भएको थियो।

भेलु बाजेलाई आफन्तले दिउँसो साढे १ बजे अस्पताल पुर्‍याएका थिए।

अस्पताल ल्याउँदाखेरि उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो। रिंगटा लागेजस्तो भएर आउनु भएको थियो। बेलुका ७ः ४० बजे उहाँको मृत्यु भयो, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले नेपालखबरसँग भनिन्, यसप्रियसन निमोनिय विथ सेफ्टिक सकको कारणले गर्दा उहाँको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .