काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका २ घर भई हाल काठमाडौंको दक्षिणकाली–७ बस्ने ३० वर्षीय बिधान कार्की रहेका छन्।
उनले वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उनलाई वैशाख २४ गते मिनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ।
कार्कीले युके पठाइदिने भनी निराजन केसीबाट पाँच लाख रुपैयाँ लिई फरार थिए।
Shares
प्रतिक्रिया