वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्कविहीन भएकोमा पीडितहरूले जाहेरी दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको पक्राउ परेका गोरखाको गण्डकी गाउँपालिका– २ का वकिल बहादुर आले (३८) ले क्यानडा पठाइदिने भन्दै ३६ लाख रुपैयाँ लिएका थिए।
उनले राजन सुनार समेत ६ जनालाई क्यानडा पठाइदिन्छु भनि ठगी गरेका थिए।
यस्तै, तनहुँको ऋषिङ गाउँपालिका–८ घर भएका धर्मेन्द्र श्रेष्ठ (३४) ले युके पठाइदिने बहानामा ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ।
सुविना केसी समेत २ जनालाई बेलायत पठाईदिन्छु भनि आकर्षक तलबको प्रलोभन देखाई रकम लिई ठगी गरे पश्चात सम्पर्कविहीन भई फरार थिए।
Shares
प्रतिक्रिया