समाज


८ दिनअघि कलंकीबाट हराएकी २० वर्षीया युवती पशुपति क्षेत्रमा विक्षिप्त अवस्थामा भेटिइन्

८ दिनअघि कलंकीबाट हराएकी २० वर्षीया युवती पशुपति क्षेत्रमा विक्षिप्त अवस्थामा भेटिइन्

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ५:३९, काठमाडौँ

आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार साँझ पशुपति क्षेत्रमा भेटिएकी छिन्।  

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए। उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको एसपी अधिकारीको भनाई छ।

 ‘अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ’, प्रवक्ता अधिकारीले भने। 

उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन्। उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन्।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .