समाज


नगर प्रहरी कुटेको आरोप, काभ्रेबाट पक्राउ परे ४ जना फुटपाथ व्यापारी

नगर प्रहरी कुटेको आरोप, काभ्रेबाट पक्राउ परे ४ जना फुटपाथ व्यापारी

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १०:५२, काठमाडौँ

काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले चारजना फुटपाथका व्यापारीलाई पक्राउ गरेको छ। 

बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको मंगलबार नगर प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको छ। 

बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाउको छ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- १ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा- ७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ छिन्। 

उनीहरुलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .